नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी उत्पन्न अन्योल हटाउँदै श्रावण महिनामा विद्युत महसुलसँगै असुल गरिएको भ्याट रकम आगामी भदौ महिनाको बिलमा समायोजन गर्ने जनाएको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने भनेको हो।
प्राधिकरणका अनुसार आर्थिक ऐन २०६३ अनुसार विद्युत सेवामा भ्याट लागू हुने व्यवस्था बमोजिम नेपाल विद्युत प्राधिकरण २०८३ श्रावण १ गतेदेखि भ्याटमा दर्ता भएको हो। त्यसपछि जारी भएका मासिक विद्युत महसुल बिलमा नियमानुसार भ्याट समावेश गरिएको थियो।
२०८३ असार ३२ गतेसम्मको विद्युत् खपतको बिल २०८३ साउन १ गते वा त्यसपछि प्राप्त भए पनि साउन १ गते अघिको खपतमा आर्थिक ऐन, २०८३ को अनुसूची—१ समूह २ अन्तर्गत आवश्यक वस्तुका रूपमा विद्युत् शक्ति समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने सूचनामा उल्लेख छ।




















