काठमाडौंमा आत्मदाह प्रयासपछि उपचारको क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगन थापाले एक लाख रुपैयाँ सहयोग गरेका छन्।

कांग्रेस सभापति गगन कुमार थापाले नेपालीको परिवारलाई आफ्नो तर्फबाट राहत स्वरुप एक लाख रुपैयाँ सहयोग गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए। 

सभापति थापाले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन्। साथै, शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले २५ असारको दिन त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा आफ्नो मोटरसाइकलको पेट्रोल निकालेर आफैंले शरीरमा आगो लगाएका थिए। उनको भोलिपल्ट बीर अस्पतालमा निधन भएको थियो।