दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुईजना पुरुषको शव फेला परेको छ। ​रजौरास्थित निर्माणाधीन भवनको पानी ट्याङ्कीमा दुई पुरुष मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरू गरिसकेको छ। ​प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान हुन सकेको छैन। शवलाई ट्याङ्कीबाट निकालेर परीक्षण तथा पहिचानका लागि पठाउने तयारी भइरहेको छ।

​घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।