प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच आज छलफल हुने भएको छ। नेपालको हस्तकला क्षेत्रको विस्तार, विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त भेटवार्ता तय भएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११स्३० बजे भेटघाटको कार्यक्रम राखिएको छ। छलफलका क्रममा हस्तकला उद्योगले भोगिरहेका समस्या, निर्यात प्रवर्द्धनका उपाय र सरकारी सहयोगका विषयमा कुराकानी हुने जनाइएको छ।
उक्त छलफलमा हस्तकला महासंघका तर्फबाट अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन्।




















