नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका–१९, घिनाघाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ठूलो संख्यामा भक्तजन तथा स्थानीयवासी लाभान्वित भएका छन्।

वैदिक सनातन धर्म संस्कृति संरक्षण अभियान समिति (महाशिव गंगा आरती) को दोस्रो वार्षिकोत्सव समारोहको अवसरमा आयोजित उक्त शिविरमा नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सर्वसाधारण तथा कार्यक्रममा सहभागी भक्तजनहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो।

750585161_1347850746871581_2394882229456404456_n 1समाजप्रतिको आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै सञ्चालन गरिएको यस शिविरमार्फत स्वास्थ्य परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सेवा उपलब्ध गराइएको थियो। कार्यक्रममा सहभागी हजारौँ भक्तजनले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका थिए।

धार्मिक तथा सामाजिक कार्यक्रमसँगै स्वास्थ्य सेवालाई जोड्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस शिविरले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक स्वास्थ्य सेवा सर्वसाधारणसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएको छ।

समारोहस्थलमै निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेपछि सेवाग्राहीहरूले खुसी व्यक्त गर्दै नोबेल मेडिकल कलेज शिक्षण अस्पतालप्रति आभार व्यक्त गरेका छन्। समुदायको स्वास्थ्य प्रवर्द्धन, गुणस्तरीय स्वास्थ्य सेवा तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता स्वास्थ्य सेवा कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।