प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नागरिकका असन्तुष्टि र सुझावलाई सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। सोही अनुसार उनले बजेटमार्फत निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज गरिएको जानकारी दिएका छन्। 

‘तर नागरिक तहमा देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ’, प्रधानमन्त्री शाहले मंगलबार भनेका छन्,‘नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ।’

सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएको भन्दै उनले कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैँ तयार रहने प्रतिबद्धता जनाएका छन्।