प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध गालीगलौज तथा अपमानजनक अभिव्यक्ति प्रयोग गर्दै युट्युब सामग्री (कन्टेन्ट) बनाएको आरोपमा रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
पाँचथरको फागुनन्द गाउँपालिका–६, आङसाराङका पोखरेलविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि अदालतले उनलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो।
पोखरेललाई यसअघि २०८२ चैत २६ गते पक्राउ गरिएको थियो। त्यसबेला उनको पक्राउको सार्वजनिक रूपमा विरोध भएपछि प्रहरीले उनलाई दुई दिनपछि परिवारको जिम्मा लगाएर रिहा गरेको थियो।
पछि उनीविरुद्ध जिल्ला अदालत पाँचथरमा विद्युतीय कारोबारसम्बन्धी मुद्दा दर्ता भएको र सोही मुद्दाको सुनुवाइका क्रममा अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।




















