कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिम दोस्रो समूहको असार १५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा समापन भएको छ। तालिम समापन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख आतिथि घिमिरेले विभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणिय पर्यटकियस्थलहरुको अवलोकन र भ्रमणको लागि पाल्नु हुने पर्यटकको आवश्यक शान्ति सुरक्षा लगायत विविध विषयमा सहजिकरणको लागि पर्यटक प्रहरीको

महत्वपर्ण भुमिका रहेकोले पर्यटकहरुको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनु हुँदै तालिमरत प्रशिक्षार्थीहरुबाट उठेका जिज्ञासाको बारेमा समेत प्रस्ट पार्नु भएको थियो।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक बिगम खड्काले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो। तालिममा कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवान सहित ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, नारायण प्रसाद चिमरीया, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।