नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले एमालेसँग तत्कालै सहकार्य शुरू हुने बताएका छन्। विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।​

वामपन्थी शक्तिहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपासँग पनि कुरा भइरहेको उनले बताए। महाधिवेशनमा अर्को क्रमभंग हुने उनले बताए। 'प्रचण्डको अन्तिम क्रमभंग हेर्नुस् अब कस्तो हुन्छ,' उनले भने।

अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए।