काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।
बा३ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्।
घटनासम्बन्धी थप विवरण सङ्कलन भइरहेको र मृतक तथा घाइतेहरूको आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




















