राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गको यात्रा गर्दा सौच गर्न गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्ने अवस्था रहेको बताएकी छन्।

सार्वजनिक शौचालय नहुँदा यस्तो बाध्यता रहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरेकी हुन्। ‘राजमार्गका प्रत्येक सय मिटरको दुरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेकी छन्।