प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सुरु भएको उनको सचिवालयले जनाएको छ। 

सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ। बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावबारे समेत छलफल हुनेछ।