नयाँ वर्ष मनाउन जादा बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जनाकै शव फेला परेको छ।

चन्द्र माध्यमिक विद्यालयका शिक्षक बगनासकाली-९ झिरभञ्ज्याङका २९ वर्षीय तोयानाथ बस्याल (मदन) को बुधबार बिहान र बगनासकाली-९ भुसालगाउँका ३९ वर्षीय शरण भुसालको बिहीबार बिहान दैलातुङ नजिकै कालीगण्डकी नदी किनारमा शव फेला परेको प्रहरीले जनाएको छ।

नयाँ वर्षको अवसरमा साथीभाइसँग नदीमा गएका उनीहरू पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। घटनापछि स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो।

निरन्तरको खोजीपछि दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।