जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा सम्बोधन गर्न आग्रह गर्दै सार्वजनिक रूपमा प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रधानमन्त्रीले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म आफ्नो धारणा सार्वजनिक रूपमा राख्न नसकेको उल्लेख गर्दै असन्तुष्टि जनाएकी हुन्। चुनावपछिको अवस्थामा जनतालाई धन्यवाद दिनु र परिवर्तनबारे सम्बोधन गर्नु प्रधानमन्त्रीको जिम्मेवारी भएको उनको भनाइ छ।

बमले ‘कुरा कम, काम बढी’ भन्ने सोच व्यक्तिगत हुन सक्ने भए पनि संसद्‌मार्फत राष्ट्रलाई सम्बोधन गर्नु नेतृत्वको कर्तव्य भएको बताएकी छन्। लोकतान्त्रिक व्यवस्थामा नेताको व्यक्तिगत शैलीभन्दा लोकतान्त्रिक मूल्य र अभ्यास महत्वपूर्ण हुने उनले उल्लेख गरेकी छन्।