नेपाली कांग्रेसका प्रदेशसभा सांसद द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्। मन्त्री पद नपाएपछि मन्त्री कुँवरले पदबाट राजीनामा दिएका हुन्।

बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए। उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन्।