शिक्षामन्त्री सस्मित पोखरेल र बेलायतका राजदूत रब फेन बीच काठमाडौंमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्ध, शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य तथा सहयोग विस्तारका विषयमा केन्द्रित छलफल भयो।
विशेषगरी, सातै प्रदेशमा सञ्चालन गर्न लागिएको अटिजम स्कुलका लागि सहकार्य, स्रोत र जनशक्ति विकास, तथा शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिमा बेलायतको सहयोगबारे परामर्श भएको छ। साथै, ट्रान्सनेशनल एजुकेशनको सम्भावना र शिक्षा क्षेत्र सुधारमा निरन्तर सहयोग रहने विषयमा पनि समझदारी बनेको छ।
मन्त्री पोखरेलले शिक्षा सुधार र शिक्षक विकासमा बेलायतको सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ भने राजदूत फेनले शिक्षा, खेलकुदलगायत क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन बेलायत तयार रहेको बताएका छन्।




















