मोरङको बेलबारी-९ डाँगिहाटस्थित श्री काली माध्यमिक विद्यालयमा शैक्षणिक योजना निर्माण सम्बन्धी २ दिने कार्यशाला सम्पन्न भएको छ। नयाँ शैक्षिक सत्र २०८३ लाग्नै लाग्दा विद्यालयले शिक्षकहरूलाई शैक्षणिक योजना निर्माण सम्बन्धी पुनर्ताजगी गराई आगामी सत्रको शिक्षण सिकाइलाई परिणाममुखी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक नारायण कोइरालाले बताउनुभयो। उक्त कार्यक्रमको उद्घाटन सत्रमा ९ नम्बर वडाका वडाध्यक्ष शालिग्राम बस्नेत प्रमुख अतिथि रहनुभएको थियो भने निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र खड्का तथा नवनिर्वाचित विव्यस सदस्यहरुको पनि उपस्थिति रहेको थियो।
WhatsApp Image 2026-04-15 at 1.46.05 PM (1)
२०८२ साल चैत्र महिनाको २९ र ३० गते सञ्चालन भएको उक्त कार्यक्रममा सहजकर्ताको भूमिका बेलबारी नगरपालिकाका स्रोत विज्ञ गुरु प्रसाद अधिकारीले निर्वाह गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक साथै शिक्षकहरू बादल देवान र अनुप भट्टराईले पनि सहयोग पुर्‍याउनुभएको थियो। वार्षिक कार्य पात्रो¸ वार्षिक शैक्षणिक योजना¸ इकाई योजना तथा दैनिक पाठ योजना पहिलेदेखि शिक्षकहरुले प्रयोग गर्दै आएतापनि यसमा आएका थप नयाँ आयामहरुका साथै शिक्षण सिकाइलाई सहज तुल्याई सिर्जनात्मक र परिणाममुखी बनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा विकास गरिएका डिजिटल प्लेटफर्महरुको उपयोगका सम्बन्धमा पनि छलफल भएको थियो। 
WhatsApp Image 2026-04-15 at 1.46.04 PMहाल यस विद्यालयले सिकाइ र शैक्षिक गुणस्तरको क्षेत्रमा फड्को मार्न सुरु गरेको छ। उद्यमी तथा बुद्ध एयर प्रालिका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले ३१ वटा कम्प्युटर¸ स्मार्ट बोर्ड¸ उपयुक्त प्रकृतिका बालमैत्री बसाइ र सिकाइ वातावरण निर्माणका लागि आवश्यक फर्निचर¸सिकाइ सफ्टवेयर लगायतका अत्याधुनिक सूचना प्रविधिको माध्यमबाट सिकाइलाई सहज¸ सरल¸ आवश्यकतामुखी र व्यवहारिक बनाउँदै भोलिको आवश्यकताको काम र रोजगारीमा विक्नसक्ने जनशक्ति निर्माण गर्ने उद्देश्यले कक्षा ५ देखि माथि अङ्ग्रेजी¸ गणित र विज्ञान मुख्य तीन विषय शिक्षणका लागि थप ३ जना शिक्षकहरू बुद्ध एयर प्रालिले खर्च व्यहोर्ने गरी सहयोग पुर्याउनुभएको छ।
WhatsApp Image 2026-04-15 at 1.46.06 PMशैक्षिक सत्र २०८२ मा कक्षा ५ बाट सुरु भएको उक्त कार्यक्रम यस वर्ष कक्षा ६ मा र आगामी वर्षहरुमा क्रमशः कक्षा बढाउँदै लगेर कक्षा १२ सम्म पुर्‍याउने समेत उहाँले बताउँदै आउनुभएको छ। यस शैक्षिक सत्रमा कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि विद्यार्थीमैत्री फर्निचर सहितको स्मार्ट बोर्ड जडित नयाँ कक्षाकोठा तयारीको अन्तिम चरणमा पुगेको विद्यालय स्रोतले जानकारी दिएको छ।
दाताहरूको सहयोगमा सञ्चालन भएका यी कार्यक्रमका साथै विद्यालयले आयोजना गर्ने पेसागत विकासका यस्ता कार्यक्रमबाट शिक्षक र विद्यार्थीहरू उत्साहित रहेको प्रधानाध्यापकले बताउनुभयो।
WhatsApp Image 2026-04-15 at 1.46.05 PM