श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले लिने नीतिबारे आफ्नो सुझाव भन्दै केही आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले विस्थापन नभई व्यवस्थापनको नीति लिनुपर्ने बताएका हुन्।
‘सुकुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोस्तै डोजर चलाउने चलनको अन्त्य गरियोस्,’ उनले भने, ‘ जनताको घर टहरा भत्काउनु हुँदैन। सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अगाडि बढाओस् भनेर भन्न चाहन्छु।’
उनले भूमिहीनलाई लालपुर्जाको व्यवस्था गर्न पनि आग्रह गरे।




















