पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध गैरकानुनी रुपमा मुद्दा चलाइएको भन्दै दायर प्रत्यक्षीकरण रिटमाथिको बहस सकिएको छ।

एमाले अध्यक्षसमेत रहेका ओलीको सुनुवाइ सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा र कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको हो।

‌ओलीका तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोदा लेखकले आइतबार छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पेस गरेका थिए।

गत भदौ २३ र २४ गते भएको घटनामा भएको जाँचबुझ प्रतिवेदनका आधारमा ओली र लेखक चैत १४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।

दुवैजनालाई जिल्ला अदालत, काठमाडौंले पाँच दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको छ।