राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले थप शपथ लिएका छन्। बिहीबार उनले सिंहदरबारमा थप शपथ लिएका हुन्। 

थप शपथ लिँदै उनले भने,‘बरु नष्ट हुन्छु, भ्रष्ट हुन्नँ, राष्ट्रका खातिर ज्यान दिन तयार छु।' प्रतिनिधि सभाका २७४ जना नवनिर्वाचित सांसदहरूलाई बिहीबार सिंहदरबारमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। 

त्यसबाहेक सांसदहरूले थप शपथ लिने व्यवस्था समेत रहेको छ। त्यसमा शाहीले आफ्नो तर्फबाट शपथको छुट्टै व्यहोरा थपेर सचिवालयलाई बुझाएका हुन्।