श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिपक्षमा बसेर सदनलाई सन्तुलित बनाउने बताएका छन्।
शपथ लिन सिंहदरबार पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका कामका आधारमा आफूहरूले समर्थन र आलोचना गर्ने बताए।
प्रतिपक्षमा बसेर रचनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने उनको भनाइ छ।'हामी नयाँ छौं, सिक्नुपर्ने थुप्रै छ। उत्साहभन्दा जिम्मेवारीबोध बढी महसुस भएको छ। उत्साह पनि छ,' उनले भने,'सरकारले राम्रो काम गर्दा समर्थन गर्छौं। राम्रो गर्दा विरोध नै गर्नुपर्छ भन्ने छैन। सदनमा चेक एण्ड ब्यालेन्स गर्छौं। संख्याको कुरा हुँदैन। नराम्रो काम छ भने विरोध गर्छौं। हामी प्रतिपक्षमा रहन्छौँ। रचनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्छौँ।'




















