मोरङमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। 

कानेपोखरी गाउँपालिका–७ मा जहदाबाट कानेपोखरीतर्फ जाँदै गरेको को १ ख ६३३१ नम्बरको टिपरको ठक्करबाट बिहीबार (चैत १२) बिहान साइकलयात्रीको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीय वीरेन्द्र कार्की छन्। टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।