फिफा सिरिज २०२६ का लागि नेपाली महिला राष्ट्रिय प्रारम्भिक टोली घोषणा गरिएको छ। प्रारम्भिक टोलीमा ३२ खेलाडी रहेका छन्।

नेपालले यसै महिनाको अन्त्यमा फुटबल पहिलो खेल कंगोसँग खेल्दैछ। यो सिरिजमा थाइल्यान्ड र ओशिनिया क्षेत्रबाट छनोट भएर आउने टोलीबीच अर्को खेल हुनेछ। 

दुवै खेल १२ अप्रिल आइतबार हुनेछन्। पहिलो दिनको विजेता टोलीहरु र हार्ने टोलीहरुबीच दोस्रो खेल हुनेछ। दोस्रो खेल १५ अप्रिल बुधबार हुनेछ। सबै खेल थाइल्यान्डको रतचाबुरीमा हुने फिफाको भनाइ छ।

फिफा सिरिजका खेल 

नेपाल भर्सेस कंगो डिआर -  १२ अप्रिल आइतबार 

थाइल्यान्ड भर्सेस ओशिनिया टोली  - १२ अप्रिल आइतबार 

पहिलो दिन हार्ने टोली  -  १५ अप्रिल बुधबार

पहिलो दिन जित्ने टोली  -  १५ अप्रिल बुधबार

Capture