संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएका छन्। 

विशेष दूत गोरले मंगलबार टेलिफोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

टेलिफोन वार्ताका क्रममा उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको उल्लेख गरेका छन्।