पूर्वशिक्षामन्त्री महावीर पुनले सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने बताएका छन्।
म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुनले मंगलबार फेसबुकमार्फत यस्तो बताएका हुन्। भ्रष्टाचारीहरूलाई कारबाही गर्दा नियम बाधक बने तत्काल नयाँ नियम बनाउनु उनले बताएका छन्।
अबको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्ने उनले बताए।
उनले लेखेका छन्, ‘अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई नियम पुर्याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्छ, नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनुपर्छ।’
भ्रष्टाचार रोक्न नसके राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि कालान्तरमा हराएर जाने भन्दै पूर्वमन्त्री पुनले लेखेका छन्, ‘तीन महिनाभित्र जनताले सुशासनको अनुभूति गर्न सकुन्, भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पूर्ण सहयोग गर्नेछु।’




















