इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ। सोमबार भारी गिरावट भएको ब्रेन्ट क्रुडको मूल्य मंगलबार फेरि प्रतिब्यारल एक सय अमेरिकी डलरभन्दा माथि पुगेको छ।
मंगलबार बिहान एशियामा ब्रेन्ट क्रुड ३.७५ प्रतिशतले वृद्धि भएको छ। अहिले यसको मूल्य १०३.६९ अमेरिकी डलर पुगेको जनाएको छ। यसअघि सोमबार ब्रेन्टको मूल्यमा १० प्रतिशतभन्दा बढी गिरावट आएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा केही दिन हमला नगर्ने घोषणा गरेपछि मूल्य घटेको थियो। ट्रम्पले इरानसँग चाँडै कुनै शान्ति सम्झौता हुन सक्ने पनि बताएका थिए। तर, ट्रम्पको दाबी इरानले अस्वीकार गरेको थियो। त्यसपछि तेलको मूल्यमा फेरि बढोत्तरी देखिएको छ।




















