प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक जारी छ। बैठक प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ। 

बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित हुने बताइएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आजको बैठकले यसबारे पनि निर्णय गर्ने बताइएको छ। 

फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मंगलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ। 

तीन दिन सार्वजनिक बिदा दिँदा नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ।