नेपाल जेसिस २०२६ को कार्यकालका लागि राष्ट्रिय जुनियर जेसिज कार्यक्रम अन्तर्गत क्षेत्र ‘क’ जुनियर जेसिज संयोजक (National Junior Jaycees Area–A Coordinator) पदमा बेलबारी जुनियर जेसिस २०२५का अध्यक्ष सनम खतिवडा (राजा) चयन हुनुभएको छ। उक्त नियुक्तिसँगै क्षेत्र ‘क’ अन्तर्गत सञ्चालन हुने सम्पूर्ण जुनियर जेसिज कार्यक्रमहरूको नेतृत्व, समन्वय तथा विकासको महत्वपूर्ण जिम्मेवारी उहाँलाई प्रदान गरिएको छ।
नव–नियुक्त संयोजक सनम खतिवडा (राजा) ले बालबालिका तथा किशोर–किशोरीहरूमा नेतृत्व विकास, अनुशासन, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको प्रवर्द्धन गर्न जुनियर जेसिज कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्वमा प्रशिक्षण, क्षमता अभिवृद्धि कार्यक्रम, बालमैत्री अभियान तथा सामाजिक सेवामूलक गतिविधिहरूलाई प्राथमिकता दिइने विश्वास गरिएको छ।
नेपाल जेसिसले जुनियर जेसिज कार्यक्रमलाई भविष्यका सक्षम, नैतिक र जिम्मेवार नेतृत्व उत्पादन गर्ने सशक्त माध्यमको रूपमा लिँदै आएको छ। यसै लक्ष्यअनुसार क्षेत्र ‘क’ भित्रका विभिन्न शाखाहरूलाई एकीकृत गर्दै कार्यक्रमहरूलाई थप व्यवस्थित, सशक्त र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
नेपाल जेसिस २०२६ का राष्ट्रिय पदाधिकारी, क्षेत्रीय पदाधिकारी तथा सदस्यहरूले नव–नियुक्त क्षेत्र ‘क’ जुनियर जेसिज संयोजकलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बाल नेतृत्व विकासमा उहाँको योगदान उल्लेखनीय रहने विश्वास व्यक्त गरेका छन्।




















