आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्।
उनले छैटौं ओभरको पहिलो बलमै टम ब्यान्टनलाई एलबिडब्लु धरापमा पारेका हुन्। यसअघि ४.३ ओभरमा दोस्रो विकेट लिएको थियो।
नेपालका लागि नन्दन यादवले दोस्रो विकेट लिएका हुन्। नन्दनको पहिलो अन्तर्राष्ट्रिय खेल हो।




















