इंगल्याण्डविरूद्ध नेपालले पहिलो विकेट लिएको छ।
आइसिसी टी-२० विश्वकप अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्याण्डविरूद्धको खेलमा दोस्रो ओभरको पहिलो बलमा नेपालले विकेट लिएको हो।
नेपालका लागि शेर मल्लले विकेट लिएका हुन्।
उनले ओपनर फिल सल्टलाई सन्दीप लामिछानेबाट क्याच आउट गरेका हुन्। शेर मल्लको यो खेल अन्तर्राष्ट्रिय डेब्यू हो।




















