राष्ट्रिय सभा बैठकमा स्वास्थ्य बीमाको विषय उठेको छ।
यस कार्यक्रमका सम्बन्धमा राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारसँगै जवाफ मागेकी छन्।
शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले भनिन्, ‘अस्पतालहरूले र केही संस्थाहरूले रकम नपाएको भन्ने समाचार आइराखेको छ। यो विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको पनि सुनियो। तर व्यवस्थापनको विषयमा के भइरहेको छ यो विषयमा सदनलाई जानकारी गराउन माग गर्दछु।’




















