निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित ५ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
स्पष्टीकरण सोधिएकाहरूमा झापा-५ का बालेन्द्र शाह (बालेन), भक्तपुर-२ का महेश बस्नेत, सुनसरी-१ का हर्क साम्पाङ, रूपन्देही-२ का निकोलस भुसाल र भक्तपुर-२ की जानुका पाठक छन्।
बालेनमाथि सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा गरेको अमर्यादित टिप्पणीका आधारमा स्पष्टीकरण सोधिएको छ। बस्नेतलाई बालेनलाई 'छाउरा' भनेको लगायतका विषयमा, साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको विषयमा र भुसाललाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिह्न भनी प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको छ।
यस्तै, भक्तपुर-२ की उम्मेदवार जानुका पाठकलाई अन्य उम्मेदवारमाथि घृणाजन्य शब्द प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ।




















