नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने बताएका छन्।
सोमबारदेखि आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ को अभियानमा जोडिनुअघि गगनले एक भिडियो सन्देश जारी गर्दै आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने, अधिकार नभईकन सबैका बीचमा एकता हुन्छ भन्ने कुरामा विश्वास नराख्ने बताएका हुन्।
उनले मधेसका कुरा काठमाडौँलाई सुनाउन यसपालि आफू सर्लाहीबाट चुनाव लड्न लागेको बताए।
‘म मधेस जाँदैछु, किनकी म देश जोड्न चाहन्छु। काठमाडौंको कथा मधेसलाई सुनाउन चाहन्छु। मधेसका कथा, पीडा र समस्यालाई बुझ्दै काठमाडौं ल्याएर सुनाउन चाहन्छु’, गगनले भनेका छन्।
सबैको सम्मान राख्दा नै समग्र देशको सम्मान हुन्छ भन्ने आफ्नो मान्यता रहेको थापाको भनाइ छ।




















