नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार बिहानदेखि लागु हुनेगरी पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँ र डिजेल, मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको हो। 

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५५ रुपैयाँ र तेस्रो वर्गका लागि १५६ रुपैयाँ तोकिएको छ। 

त्यस्तै, डिजेलरमट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३५ रुपैयाँ र तेस्रो वर्गका लागि १३६ रुपैयाँ तोकिएको छ। 

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।