आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। तोलामा १६० रुपैयाँले बढेको प्रतितोला पाँच हजार ६ सय ४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।