झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ।

बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा बिहीबार (माघ १) राति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिर्तामोडबाट बुट्टाबारीतर्फ गइरहेको ना८ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको नम्बर नखुलेको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार, दुर्घटनामा मोटरसाइकल चालक मगरको मृत्यु भएको हो। उनकी श्रीमती २५ वर्षीया सुखमाया तामाङ गम्भीर घाइते भएकी छन्।

ट्रक चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।