१३औँ राष्ट्रिय पोल्ट्री दिवस बेलबारी नगर अस्पतालमा मनाइएको छ। नेपाल लेयर्स कुखुरा पालक संघ मोरङ–सुनसरीको आयोजनामा सम्पन्न कार्यक्रममा गर्भवती महिलालाई लक्षित गरी अण्डाको महत्वबारे जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रम नेपाल लेयर्स कुखुरा पालक संघ मोरङ–सुनसरीका अध्यक्ष होम बास्तोलाको अध्यक्षता तथा बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गर्भवती तथा सुत्केरी महिलालाई अण्डा वितरण गर्दै पोषणसम्बन्धी सचेतना प्रदान गरिएको थियो।

कार्यक्रमलाई जानकारी दिदै राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा बेलबारीमा आयोजित कार्यक्रममा नेपाल लेयर्स कुखुरा पालक संघ मोरङ–सुनसरीका अध्यक्ष होम बास्तोलाले बास्कोटाले अण्डा सस्तो र अत्यन्त पोषिलो खाद्य पदार्थ भएको बताएका छन्।

उनले पोल्ट्री क्षेत्रले ठूलो लगानी र रोजगारी सिर्जना गरे पनि राज्यको पर्याप्त प्राथमिकता नपाएको गुनासो गर्दै कुखुरा पालन क्षेत्रलाई अनुदान, बीमा र बजार व्यवस्थापनमा सहयोग गर्न सरकारसँग माग गरे।

अध्यक्ष बास्तोलाले अण्डाको महत्वबारे जनचेतना फैलाउन सबैलाई आग्रह गर्दै कार्यक्रममा सहभागीप्रति धन्यवाद व्यक्त गरे।DSC03832

कार्यक्रमका प्रमुख अथिति  बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले सम्बोधन गर्दै नेपाल लेयर्स कुखुरा पालक संघलाई शुभकामना व्यक्त गर्दै अण्डाको महत्वबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन्।

बेलबारी नगर अस्पतालमार्फत गर्भवती, सुत्केरी महिला तथा बिरामीलाई अण्डा वितरण गरी पोषणसम्बन्धी सचेतना फैलाएकोमा उनले संघलाई धन्यवाद दिए। नगर प्रमुख राईले अण्डा सबै वर्गका लागि पोषणयुक्त खाद्य पदार्थ भएको उल्लेख गर्दै यसको नियमित सेवन स्वास्थ्यका लागि लाभदायक हुने बताए।

उनले गर्भावस्थामा मदिरा सेवन नगर्न आग्रह गर्दै अण्डा, दूध र महजस्ता स्थानीय पोषिलो खाद्य पदार्थको प्रयोग बढाउनुपर्ने बताए। साथै बेलबारी नगरपालिका अण्डा, दूध र मासु उत्पादनमा प्रायः आत्मनिर्भर रहेकाले स्थानीय उत्पादनको प्रयोगले स्वास्थ्य र अर्थतन्त्र दुवै मजबुत हुने उनको भनाइ थियो।DSC03847

उक्त कार्यक्रममा ५० बढी गर्वावती महिलाहरुलाई एक एक क्यारेट अण्डा तथा नगर अस्पतालमा आएका बिरामी लाइ उसिनेको अण्डा बिअतर्न गरेको थियो।  कार्यक्रम सम्पन्न गर्नका लागि सहयोगी सस्था देविस्थान कृषी फर्म सलकपुर कृषी फर्म, माता पाथीभरा कृषी फर्म, खड्का कृषी फर्म, चौबिसे कृषी फर्म, बुढि गंगा कृषी फर्म रहेको थियो भने मिरमिरे एग्रो प्रा. लि. बेलवारी - ८, मोरङ कार्यक्रम संयोजक सस्था रहेको थियो।