मकवानपुर प्रहरीले अवैध रूपमा तस्करी गरी ल्याइएका नौ वटा गोरु, एउटा गाई र एउटा बाछोसहितका दुई वटा गाडी नियन्त्रणमा लिएको छ।

प्रहरीले बुधबार साँझ मनहरी गाउँपालिका क्षेत्रबाट सर्लाहीको लालबन्दीतर्फ लैजाँदै गरेका ती गाडीहरू नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका गाडीहरू — गाडी नम्बर प्रदेश न २ ०३–००१ च ३३५६ र बा २१ च ८९२८ मा क्षमताभन्दा बढी पशुहरू राखी ढुवानी गरिएको थियो। ती पशुहरूलाई सर्लाहीस्थित लालबन्दीतर्फ तस्करी गर्न खोजिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै गाडीका चालकहरूलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानपछि आवश्यक कारबाहीका लागि पशुसेवा कार्यालय मकवानपुर पठाएको छ।