आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दैछ।
छलफल बिहान ११ः३० बजे आयोगको कार्यालय कान्ति पथमा हुनेछ।
आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराइने छ।
गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको छ।
निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ।