चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार बिहान रत्ननगर-१२ शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किदा पर्खालले पुरेका ५ जना कामदारमध्ये ३ जनाको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
मृत्यु हुनेमा चितवनको खैरहनी-२ बस्ने ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई हाल रत्ननगर-१२ बस्ने ५४ वर्षका रेशम दमाई, चितवनको रत्ननगर-१२ बस्ने अन्दाजी ४५ वर्षका कमल गुरुङको मत्यु भएको डिएसपी खनालले बताए।
उक्त घटनामा पर्सा घर भई हाल रत्ननगर-१२ बस्ने अन्दाजी ३९ वर्षका जितेन्द्र महतो र पर्सा घर भई हाल रत्ननगर-१२ बस्ने ४० वर्षीय अंकजप्रसाद थारूको हात खुट्टामा चोट लागेको छ।
उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।