जेनजी आन्दोलनको क्रममा नयँ बानेश्वरस्थित वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाएका छन्।

ललितपुर घर भएका सुरेश देउलाले ५ लाख १० लाख ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन्।

परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार देउलाले बैंक लुटेको बेला भिडियो खिचेका थिए। लुटेरा समूहले त्यो देखेपछि ‘तैंले यही खोजेको हो, ला’ भन्दै पैसाको बिटो फालेका थिए।

अहिले त्यही रकम आफूले बुझाएको देउलाले प्रहरीसमक्ष बताएका छन्। बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरेको थियो।