स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट कामकाज सुरु गर्ने भएको छ।
गत सोमबार र मंगलबार जेनजी प्रदर्शनमा आगलागीका कारण स्वास्थ्य मन्त्रालय पूर्णरूपमा ध्वस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट कामकाज सुरु गर्ने गरी तयारी भइरहेको स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले बताए।
स्वास्थ्य मन्त्रालयको पछाडि बनेको एनएचआरसीको नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। एनएचआरसीमा मन्त्रीलाई राख्न मिल्ने एउटा कोठा तयार गरिएको सचिव देवकोटाले बताए।