राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेन-जी आन्दोलनलाई संयमित रुपमा अघि बढाउन अपिल गरेका छन् ।उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै देशको सम्पत्ति जोगाउन सबैलाई आग्रह गरेका हुन्।
आइतबार सार्वजनिक अपिलमा लामिछानेले भनेका छन्, ‘देशका लुटेराहरूले तीन पुस्तासम्म लुटेर जोडेका सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । यिनीहरू कानुनी दायरामा आउनैपर्छ। तर, हामीले अब अत्यन्त संयमित भई राष्ट्रको सम्पत्ति जोगाउन जरुरी छ।'
कारागारबाट कानुनी प्रक्रियामार्फत् मात्रै मुक्त भई आमनागरिकबीच आएको उनले प्रष्ट्याउँदै आगामी दिनमा आवश्यक कानुनी प्रक्रियाका लागि आफू सदैव तयार रहने बताएका छन्।




















