एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ।

ताजकिस्तानको दुसान्बेस्थित पामिर रंगशालामा गएराति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४-० गोलले पराजित भएको हो।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक-एक गोल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबीच हुनेछ। बुधवारको खेलमा सिरियाले फिलिपिन्सलाई २-१ गोलअन्तरले पाखा लगाएको थियो।