नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन।
बुधवार प्रतितोला २ लाख ७ हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन।
त्यस्तै, चाँदीको मोल पनि यथावत् छ। हिजो चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो।