झापाको अर्जुनधारा नगरपालिका–१० पञ्चकन्याटोलमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

बुधबार राति केदार ढुङ्गेलको तीनतले घरको भुईँतलामा रहेको टेलिभिजन कोठामा विद्युत् सर्ट भएर आगलागी भएको हो। 

आगलागीपछि स्थानीय प्रहरी टोली, बासिन्दा र मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागीबाट कोठामा रहेको एउटा टेलिभिजन र एउटा दराज जलेर करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। 

घटनामा मानवीय वा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ।