नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई ३२औँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

२०५२ साल कार्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका खापुङ प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधिपछि आगामी कार्तिक २६ गते अवकाशमा जाने छन्।