मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा क्षेत्र आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। यस विषयमा थप विवरण आउन बाँकी छ।