झापा, मोरङ र सुनसरीबाट लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
असार १४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितमा प्रहरी चौकी भरौलको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०२-००१ ज ४६३७ नम्बरको कार भित्रमा कालो प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको १ सय २० किलोग्राम गाँजा सहित कार चालक मोरङ विराटनगरका-४ का २६ वर्षीय धिरज गोसाई र सोही कारमा सवार जहदा गाउँपालिका-७ का २२ वर्षीय विकास यादवलाई नियन्त्रणमा लिएको छ। 
यसैगरी, मोरङको रतुवामाई नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचको क्रममा रतुवामाई-४ का ३५ वर्षीय रंजित शर्मा र ३० वर्षीय रोम बहादुर राजवंशीलाई ४१ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ। 
सोही दिन लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-७ का २१ वर्षीय रोहित मगरलाई २ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर, विराटनगर-११ का १९ वर्षीय निखिल मल्लिकलाई ७० ट्याब्लेट सहित र इलाका प्रहरी कार्यालय विराटचोकले ट्रामाडोल ९० ट्याब्लेट सहित सुन्दरहरैचा-९ का २७ वर्षीय अनिल कुमारलाई पक्राउ गरेको छ।
त्यसैगरी, लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाले कनकाई नगरपालिका-३ का २७ वर्षीय निर्मल विश्वकर्मा र मोरङ मिक्लाजुङका २० वर्षीय सिसिर लिम्बुलाई २ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।