मङ्गला, नोना, सुशीला, शैलजा स्मृति प्रतिष्ठानले काठमाडौँमा भेटघाट तथा दही चिउरा खाने कार्यक्रमको आयोजना गरेको छ। 
असार १५ गते बिहान बत्ती पुतलीमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका दिवङ्गत नेतृहरू मङ्गलादेवी सिंह, नोना कोइराला, सुशीला कोइराला र शैलजा आचार्यको फोटोमा माल्यार्पण गरी दही चिउरा खाने कार्यक्रम राखिएको हो।
प्रतिष्ठानकी अध्यक्ष गोमा केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री लक्ष्मी उपाध्याय (डिना), कांग्रेस नेताहरू डा.मिनेन्द्र रिजाल, डा. सुनिल शर्मा, डा. शंशाक कोइराला, मनोजमणि आचार्य, नेतृ सिर्जना सिंह, कांग्रेस ललितपुर नेता सानुबाबु महर्जनलगायत नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो।